१. परिचय
नेपालमा राणा शासन काल रहेकोे बेलामा २००४ साल श्रावण ३ गते जनसेवा माध्यमिक विद्यालयको स्थापना भएको हो । काठमाडौको दक्षिण भेगकै पुरानो विद्यालयको रुपमा परिचित यस विद्यालय हाल प्राविधिक धारतर्फ कक्षा ९ देखि १२ कक्षासम्म र साधारणतर्फ कक्षा प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मका शैक्षिक कार्यक्रमहरु संचालन भई निरन्तर बृद्धि विकासको गोरेटोमा अगाडि बढिरहेको छ ।
प्राप्त अभिलेख अनुसार त्यो बेलाको ऐतिहासिक क्षणलाई पल्टाउँदा पाँगाको छिमेकी गाउँ चोभार निवासी शिक्षाप्रेमी स्व. पण्डित चिरञ्जीवी पोखरेलज्यूले वि.सं. १९९२ मा ज्ञानको उन्नयनको लागि पाँगा क्षेत्रमा भाषा पाठशालाको स्थापना गर्नुभयो । त्यति बेलादेखि पठनपाठन सुरु भएको यस पाँगामा ज्ञानको ज्योति फैलियोस् भन्ने उद्देश्यले स्थानीय शिक्षाप्रेमी स्व.डिठ्ठा नरबहादुर डंगोलद्वारा राणाकाल नभनी विद्यालय स्थापनाको कार्यमा थप टेवा दिनुभएको थियो । फलस्वरुप शिक्षाको माध्यमबाट स्थानीय बासिन्दाहरुको उन्नति र प्रगति होस् भन्ने इच्छा आकांक्षाले प्रेरित भई वि.सं. २००४ साल श्रावण ३ गते पाँगामा जलविनायक आधार स्कूल सञ्चालन गर्न उनीहरुले दर्ता प्रक्रिया अगाडि बढाउनुभयो । वि.सं. २००७ सालमा पाँगामा स्थापना भएको सहिद स्मारक पुस्तकालयबाट प्राप्त अभिलेख अनुसार तत्कालिन शिक्षक इन्दुनाथ अर्यालले साउन २ गते विद्यार्थी भर्ना गराउन जारी गरेको सूचना र तत्कालिन नेपाल सरकार शिक्षा विभाग सरस्वती सदनको लेटर प्याडमा डेपुटी सेक्रेटरी तारामान सिंहले आधार शिक्षा नेपालको तर्फबाट संचालक समितिको नाउँमा खुसी व्यक्त गरेको कुरालाई आधार मान्दा विद्यालयको विधिवत स्थापना मिति २००४ साउन ३ गते शुक्रबारलाई मान्न सकिन्छ । तत्श्चात निरन्तर सुव्यवस्थित रुपमा पठनपाठन कार्य सञ्चालन हुँदै स्थानीय आवश्यकता र जनसमुदायको बृहत चाहना अनुसार वि.सं. २०१९ सालमा छुट्टै जनसेवा प्रौढ हाइस्कुलको स्थापना भयो । यस स्कूल र मिडल स्कूल त्यतिबेला एकै भवनमा विहान र दिउँसो पठन पाठन भै आएकोमा वि.सं. २०२८ सालमा राष्ट्रिय शिक्षा पद्धति योजना (नयाँ शिक्षा योजना) लागू भए पश्चात् मिडल स्कूल र प्रौढ स्कूल दुवैलाई एकै ठाउँमा गाभी शैक्षिक सत्र २०२९÷२०३० मा जनसेवा माध्यमिक विद्यालयको रुपमा सञ्चालन गरियो ।
विद्यालयको ऐतिहासिक विकास क्रमलाई फर्केर हेर्दा तपशीलका सालहरुलाई महत्वपूर्ण फड्कोको रुपमा लिन
सकिन्छ ।
वि.सं. १९८८ भाषा पाठशालाको प्रारम्भ
वि.सं. १९८९ पाँगा भाषा पाठशालाको स्थापना
वि.सं. २००४ साउन ३ जलविनायक आधार हाइस्कूल
वि.सं. २००६ साउन ३ जलविनायक आधार हाइस्कूल
वि.सं. २००८ जनसेवा प्रौढ शिक्षालय
वि.सं. २०१२ जलविनायक मिडल स्कूल
वि.सं. २०१९ जनसेवा प्रौढ हाइस्कूल स्वीकृत
वि.सं. २०२० जनसेवा प्रौढबाट प्रवेशिका परीक्षा ९क्ीऋ० मा सहभागी
वि.सं. २०३० जनसेवा प्रौढ र जलविनायक एक भई जनसेवा माध्यमिक विद्यालयमा परिणत
वि.सं. २०६४ जनसेवा उच्च मा.वि स्थापना
वि.सं. २०७० प्राविधिक तथा व्यवसायिक शिक्षा अन्तरगत इलेक्ट्रिकल इन्जिनियरिङ कक्षा संचालन
वि.सं. २०७० देखि विद्यालयमा स्प्ल्यास् नेपालको फिल्टर खानेपानीको व्यवस्था
वि.सं. २०७०÷०७१ मा उत्कृष्ट परीक्षा केन्द्र घोषणा भई पनिकाबाट पुरस्कृत
वि.सं. २०७२ सालमा कक्षा ११ मा इलेक्ट्रीकल इन्जिनियरिङ्ग संकायको संचालन
वि.सं. २०७३ सालमा कक्षा १२ मा इलेक्ट्रीकल इन्जिनियरिङ्ग संकायको संचालन
नेपालको संविधान अनुसार संंघिय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको ७ प्रदेश मध्ये प्रदेश नं ३ काठमाडौ जिल्लाको कीर्तिपुर नगरपालिका वडा नं ५ पाँगामा अवस्थित रहेको विद्यालय हो । २७ं ४०’ ४३.४” उत्तर अक्षांस र ८५ं १६’ ३९.४” पूर्वी देशान्त्तरमा रहेको उक्त विद्यालय भौगोलिक रुपले कृषियोग्य जमिनमा पर्ने विद्यालय हो ।
यो विद्यालय पूर्ण रुपमा सरकारी सामुदायिक विद्यालय भएकोले यसले अपनाउने सम्पूर्ण क्रियाकलापहरुलाई सोही सिद्धान्त बमोजिम् लागू गर्ने प्रयास गरिने विस्वास लिन सकिन्छ । विद्यालयमा समतामूलक पहुँच, गुणस्तर एवम् आन्तरिक सक्षमतामा सुधार गर्न योजनाबद्ध प्रयास विद्यालय स्तरबाटै गर्नुपर्ने आवश्यकता महसुस गरी आधारभूत तथा प्राथमिक शिक्षा कार्यव्रmम, दोस्रोको सुरूवातसँगै आर्थिक वर्ष (आ.व. २०५६÷०५७ देखि १२ जिल्लामा परीक्षणको रूपमा विद्यालय विकास प्रस्ताव निर्माणको प्रारम्भ गरिएकोमा परीक्षणबाट प्राप्त नतिजाका आधारमा यस योजनालाई आ.व. २०५८÷०५९ देखि देशव्यापी रूपमा विस्तार गरिएको थियोे । यसै क्रममा शिक्षा ऐन २०२८ (साताँै संशोधन २०५८) तथा शिक्षा नियमावली २०५९ (संशोधनसहित) ले विकेन्द्रीकृत शैक्षिक योजनाको रूपमा विद्यालयमा आधारित योजना, गाउँ शिक्षा योजना र जिल्ला शिक्षा योजनाको व्यवस्था गरेको छ । यसै सन्दर्भमा, सबैका लागि शिक्षा कार्यव्रmम (विस २०६१–२०६६), विद्यालय क्षेत्र सुधार कार्यव्रmम (वि.सं. २०६६–२०७२ र विद्यालय क्षेत्र विकास योजना (वि.सं. २०७३–२०८०) मा विद्यालय विकास प्रस्तावलाई महत्वपूर्ण साधनको रूपमा निरन्तरता दिइएको छ ।
त्यही महत्वपूर्ण साधनलाई विद्यालय विकास प्रस्ताव सम्बन्धी नीतिगत व्यवस्था अनुरूप यस विद्यालयलाई योजना निर्माण र कार्यान्वयन गर्ने तर्फ सोच अघि सारेको छु । योजना निर्माणले सरोकारवालाहरूको सहभागिता र क्षमता अभिवृद्धिमा निश्चित रुपले टेवा पुग्ने विस्वास लिइएकोे छ । योजना निर्माण, कार्यान्वयन र स्रोत परिचालन जस्ता कार्यहरूमा स्थानीय समुदायको सरोकार, सहभागिता, अपनत्व र जवाफदेहितामा पूर्णरुपले लागू गर्ने योजना बनाइएको छ ।
सबैका लागि शिक्षाको विश्वव्यापी घोषणा सन् १९९० तथा इन्च्योन घोषणा सन् २०१५, दिगो विकास लक्ष्य सन् २०१६–२०३० को विकास लक्ष्य नं. ४ः सबैका लागि समतामूलक तथा समावेशी गुणस्तरीय शिक्षाको सुनिश्चितता र जीवनपर्यन्त सिकाइका अवसरको प्रवद्र्धन गर्ने” जस्ता अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू पूरा गर्नका लागि नेपाल सरकार प्रतिवद्ध रहेको र सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने मुख्य साधनका रूपमा विद्यालय क्षेत्र विकास योजना सन् २०१६–२०२३ को सुरुवात भएको छ ।
नेपालको संविधान (२०७२ मा प्रारम्भिक बालविकास शिक्षा देखि कक्षा १२ सम्मको विद्यालय शिक्षाको व्यवस्थापकीय जिम्मेवारी स्थानीय तहमा रहने व्यवस्था गरेको छ । हालै जारी गरिएको स्थानीय सरकार सञ्चालन ऐन २०७४ को
परिच्छेद–३ गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार अन्तर्गत दफा ११ उपदफा (२० को (ज) मा आधारभूत र माध्यमिक शिक्षा लगायत अन्य प्रकारको शिक्षासम्बन्धी नीति, कानुन, मापदण्डका अतिरिक्त योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन तथा नियमन समेतको अधिकारको व्यवस्था गरेको छ । उक्त ऐनले विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन, सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भार, विद्यालयको नक्साङ्कन व्यवस्थापन लगायत अनुमति, स्वीकृति, समायोजन तथा नियमन समेतको व्यवस्था गरेको परिवेशमा स्थानीय तहले विद्यालय शिक्षा सम्बन्धी शैक्षिक योजना निर्माण र कार्यान्वयनको लागि सहयोग पु¥याउने उद्देश्यले तयार गरिएका पुस्तिकामा आधारित हुने गरी यस विद्यालयको हरेक पक्षको योजनालाई अगाडि बढाइनेछ ।
२. दूरदृष्टि, लक्ष्य, उद्देश्य
दूरदृष्टि ः
पहिचानयुक्त नमूना विद्यालय स्थापित गर्न विद्यालय सेवा क्षेत्रभित्रका सवै बालबालिकाहरुलाई विद्यालयमा भर्ना हुन
प्रे।िरत गर्दै अधिकतम विद्यार्थीमाझ समयसापेक्ष आधुनिक शिक्षण क्रियाकलाप प्रयोग गर्दै नेतृत्वदायी सवल, सक्षम, असल स्वस्थ, प्रतिस्पर्धी, उत्पादनमुखी विद्यार्थी उत्पादन गर्ने ।
लक्ष्यहरू ः
१. नेपालको उत्कृष्ट नमूना विद्यालय बनाउने ।
२. गुणस्तरीय शिक्षालाई सवैको पहुँचमा पु¥याउने ।
३. सवल, सक्षम जीवनोपयोगी सीपयुक्त विद्यार्थी उत्पादन गर्ने ।
उद्देश्यहरू ः
१. सिकाई उपलब्धि दर वृद्धि गर्न अनेक उपायहरु अवलम्वन गर्ने ।
२. कक्षा छोड्ने वा विद्यालय छोड्ने दरमा न्युनिकरण गर्ने ।
३. विद्यार्थीको नियमितता कायम गर्न विद्यार्थीमैत्री विद्यालय वातावरण सिर्जना गर्ने ।
४. समुदाय, दातृनिकाय र अभिभावकहरूसँग समन्वय गरी रचनात्मक कार्यक्रमहरु संचालन गर्ने ।